काठमाडौँ । टिकटकको विकल्पमा आएको नेपाली एप स्मार्ट गफमा पछिल्लो समय देखिएका समस्याहरु समाधान भएपछि प्रयोगकर्ताले रुचाउन थालेको दाबी कम्पनीले गरेको छ । स्मार्ट गफ आएको केहि समयपछि नै नेपालमा टिकटक बन्द भएको थियो । टिकटक बन्द भएपछि एकैपटक अत्याधिक युजरले एकसाथ एप चलाउँदा एपमा समस्या आएको भए पनि हाल सो समस्या समाधान भईसकेको स्मार्ट गफका प्रबन्ध निर्देशक रमेश शाहीले बताएका छन् ।
‘केहि समय एपमा समस्या आएको सत्य हो । तर, अहिले सबै समस्याको समाधान भईसकेको छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै शाहीले भने, ‘पछिल्लो समय प्रयोगकर्ताहरुले दिईरहनुभएको रेस्पोन्स निकै राम्रो छ ।’
उनका अनुसार स्मार्ट गफमा १००० भ्युजवापत १५ रुपैयाँ प्रयोगकर्ताले पाउनेछन् । त्यस अलावा हरेक दिन आउने पोइन्टमार्फत पनि कमाई हुने शाहीको भनाई छ । शाहीका अनुसार यस्तै प्रतिक्रिया प्रयोगकर्ताबाट आईरहे स्मार्ट गफ नेपालमा टिकटकको विकल्पका रुपमा प्रस्तुत हुने विश्वास कम्पनीले लिएको छ ।
स्मार्ट गफले एपलाई अझ परिस्कृत बनाउँदै लैजानेसमेत शाहीको भनाई छ । उनका अनुसार अहिले स्मार्ट गफमा देखिएका ‘बग’ समाधानका लागि स्मार्ट गफको समूह अहोरात्र लागिरहेको छ । नेपालमै सबैभन्दा उत्कृष्ट शर्ट भिडियो सेयारिङ प्लेटफर्म बनाउने उद्देश्यका साथ कम्पनीको पूरा टिम लागिरहेको उनको दाबी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्