×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा ‘आसरा सुधार केन्द्र’ को सेवा प्रारम्भ

PRIME CA

धनगढीमा ‘आसरा सुधार केन्द्र’ को सेवा प्रारम्भ

१२ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । धनगढीमा आसरा सुधार केन्द्र सञ्चालनमा आएको छ । उक्त सुधार केन्द्रको बुधबार एक कार्यक्रमकाबीच धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहोराले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

धनगढी उपमहानगरपालिकाको भौतिक सहयोग रहेको उक्त सुधार केन्द्र नेपाल प्रहरी श्रीमती संघको निगरानीमा रहनेछ ।

सुधार केन्द्र सञ्चालनका लागि कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहहरुले आर्थिक सहयोग गर्ने सम्झौता गरेका छन् । आसरा सुधारकेन्द्र सञ्चालनका लागि भौतिक संरचनासहितको जग्गा २० वर्षका लागि लिए पनि यसले थप निरन्तरता पाउनेमा प्रहरी नायब महानिरीक्षक बोहोराले विश्वास व्यक्त गरेका छन् । ‘हालको लागि २० वर्षको सम्झौता भए पनि यस केन्द्रले त्यसप्रश्चात पनि निरन्तरता पाउने आशा राखेको छु’, उनले भने, ‘सुधार केन्द्र सञ्चालनमा आएसँगै लागूऔषध दुव्र्यसनी र यसको प्रभाव कम गर्न मद्दत पुग्नेछ ।’

त्यस्तै, नगरप्रमुख गोपाल हमालले पनि सुधारकेन्द्र स्थापनाले पछिल्लो समय लागूऔषध दुव्र्यसनीका कारण समाजमा फैलिएको विकृती नियन्त्रणमा सहयोग पुग्ने दाबी गरेका छन् ।

धनगढी उपमहानगरपालिका–१४ फुलवारीमा रहेको उक्त सुधार केन्द्रको क्षमता दुई सय जना रहेको छ । सुधारकेन्द्रमा राखिनेहरुलाई बिरामीसरह उपचार तथा परामर्श गरिनेछ । उक्त सुधार केन्द्रमा प्रहरीले एम्बुलेन्ससहितको सेवा उपलब्ध गराउने प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहोराले बताएका छन् । सुधार केन्द्रमा बस्नेहरुले उपचार, अध्ययन, खाना तथा अवास, पोसाक र मर्मत तथा सुधारबाफत न्यूनतम शुल्क केन्द्रलाई तिर्नुपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: