काठमाडौँ । सपोर्ट लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा महेश कुमार चौधरी नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई चार वर्षको लागि संस्थाको सिईओमा नियुक्त गरेको हो ।
बैठकले उनलाई मंसिर १५ गते देखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको छ । उनले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।
चौधरीसँग अन्तराष्ट्रीय गैर सरकारी संस्थाहरुमा ३ वर्ष, अध्यापन क्षेत्रमा ५ वर्षको कार्य अनुभव रहेको छ । साथै, संयुक्त राष्ट्र संघको नेपाल स्थित एजेन्सी विश्व स्वास्थ्य संगठनमा लेखा तथा प्रशाशनमा ७ वर्ष र लघुवित्त क्षेत्रमा व्यवस्थापकिय श्रेणीबाट प्रवेश गरी नायव प्रमुख कार्यकारी अधिकत पदसम्म १० बर्ष कार्य गरेको अनुभव रहेको छ ।
उनले एमविए सम्मको अध्ययन पूरा गरी बैंक वित्तीय क्षेत्र व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका छन् । संस्थाले चौधरीको नेतृत्व क्षमता र कार्यानुभवले सपोर्ट लघुवित्तको प्रगतिले नयाँ उचाइ लिने अपेक्षा गरेको छ ।