×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिकटक प्रतिबन्धविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’मा, अदालतभन्दा अघि सरकारले नै प्रतिबन्ध खोल्ने संकेत !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

टिकटक प्रतिबन्धविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’मा, अदालतभन्दा अघि सरकारले नै प्रतिबन्ध खोल्ने संकेत !  

Artha Sarokar

२७ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । टिकटक प्रतिबन्धविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’मा परेको छ । मंसिर १९ गते टिकटकविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा परेपछि सर्वोच्चले अर्को पेशी २७ मंसिर (आज)का लागि तोकेको थियो । तर, आज पनि टिकटक प्रतिबन्धविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा परेको हो । 

यसअघि सर्वोच्चले मंसिर ७ गते टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णयविरुद्ध सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । 

त्यसपछि लगातार सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्ध मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको छ । सरकारले गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्चमा १४ वटा रिट दायर भएका छन् । 

यता सर्वोच्च अदालतमा टिकटक प्रतिबन्धविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा परिरहेका बेला सरकारले अदालतले भन्दा अघि नै टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी गरेको बुझिएको छ । यसअघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले टिकटकका उच्च अधिकारीसँग अनौपचारिक कुराकानी गर्दै टिकटकमाथिको प्रतिबन्ध खुलाउने संकेत गरेका थिए ।

प्रधानमन्त्रीसँगको अनौपचारिक कुराकानीका क्रममा टिकटकमा प्रतिनिधिले आफूहरु नियमनमा आउन तयार रहेको बताएपछि प्रधानमन्त्रीले टिकटकमाथिको प्रतिबन्ध खुलाउने संकेत गरेका थिए । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी