×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्ल्ड रेकर्ड राख्न सफल त्रिविको दिक्षान्त समारोह… (फोटो-कथा)

PRIME CA

वर्ल्ड रेकर्ड राख्न सफल त्रिविको दिक्षान्त समारोह… (फोटो-कथा)

२ पुष २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९औं दिक्षान्त समारोह सोमबार सम्पन्न भएको छ । दशरथ रंगशालाको खेल मैदानमा भएको दीक्षान्त समारोहमा १२ हजार ४ सय १५ जना विद्यार्थी दिक्षीत भएका छन् । २०७९ सालको असारदेखि २०८० सालको असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये १२ हजार ४ सय १५ जना विद्यार्थी दीक्षीत भएका हुन् ।

यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थी विभिन्न विभूषणबाट विभूषित भएका छन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरेका छन् । त्यस्तै, एमफील र पीएचडीतर्फ गरी एक सय १३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिएको त्रिविले जनाएको छ ।

तर, त्रिविले यो वर्षदेखि सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने बन्द गरेको छ ।

सोमबार दशरथ रङ्गशालामा आयोजना भएको उक्त कार्यक्रमलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले पनि अवलोकन गरेको छ । धैरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित वर्ल्ड रेकर्डका लागि त्रिविको आग्रहअनुसार त्रिविको ४९औँ दीक्षन्त समारोहलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधिहरुले कार्यक्रमको अवलोकन गरेका छन् । बाँकि तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: