काठमाडौँ । नेपाल राष्ट्र बैंकले ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका पुराना र च्यातिएका नोटहरु नष्ट गरेको छ । चलनचल्तीका लागि अयोग्य, झुत्रा, मैला र च्यातिएका नोटहरु नष्ट गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार सर्वसाधारणहरुले बैंक तथा वित्तीय संस्थामा जम्मा गर्न ल्याएका त्यस्ता नोटहरु नष्ट गरेर त्यसबाट ब्रिकेट बनाइएको छ ।
यसो त २०८३ साल असार मसान्तसम्म कुल ८ खर्ब ७ अर्ब रुपैयाँ मूल्य बराबरका नोट चलनचल्तीमा छन् । अघि वर्षको सोही अवधिमा ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा थिए ।
यता २०८३ असार मसान्तसम्म विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नोट मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्