Skip to content
LAXMI SUNRISE BANK

टिभिएस मोटरले सार्वजनिक गर्यो टिभिएस रोनिन ‘मोडर्न-रेट्रो’ मोटरसाइकल

अर्थ सरोकार

काठमाडौं । टिभिएस मोटरले टिभिएस रोनिन ‘मोडर्न-रेट्रो’ मोटरसाइकल सार्वजनिक गरेको छ । टिभिएस मोटर कम्पनीले नेपालमा आफ्ना ग्राहकहरूका लागि टिभिएस रोनिन लन्च गर्दै प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरेको जनाएको छ ।

उक्त अवसरमा ८ स्थानीय ब्लगर/ईन्फ्लुएन्सर/सोसेल मेडिया कन्टेन्ट क्रिएटरहरूले टिभिएस रोनिनको प्रक्षेपण समारोहमा सवारी गरेका थिए । आठ दिने यस सवारी काठमाडौंबाट सुरु भई पोखरा, जोमसोम, लुम्बिनी, सौराहा लगायत पहाड, हिमाल र तराईको विभिन्न भू–भागमा करिब १ हजार ३ सय किलोमिटरको दुरी पार गरी काठमाडौंमा समापन भएको थियो ।

टिभिएस रोनिनलाई स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको छ जसले नयाँ पुस्ताका राइडरहरुका लागि अनस्क्रिप्टेड जीवनशैली प्रवर्द्धन गर्न सकिने कम्पनीले जनाएको छ । २२५ CC को मोटरसाइकलको तौल १६० के. जी. छ भने यसले २०.४ Ps पावर उत्पादन गर्नुको साथै १९.९३ Nm टर्कले यसलाई मोटरसाइकल वर्गमा सबैभन्दा राम्रो पावर-टू-वेट रेसियो बनाउँछ । क्लासिक डिजाइन प्याकेजमा, मोटरसाइकललाई रेन र अर्बन एबीएस मोड, ग्लाइड थ्रु टेक्नोलोजी (जीटीटी), र भ्वाइस र राइड सहायता सहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधाहरूसहित निर्माण गरिएको जनाईएको छ ।

लन्चको बारे बोल्दै प्रिमियम, टिभिएस मोटर कम्पनीका हेड बिजनेस, विमल सुम्ब्लीले भने, ‘टिभिएस रोनिन ३अनस्क्रिप्टेड लाइफस्टाइल राइडरहरुका लागि डिजाइन गरिएको हो । आज टिभिएस रोनिन काठमाडौंमा लन्च गर्न पाउँदा हामी निक्कै हर्षित छौं र यसले नेपालका धेरै युवा राइडरलाई यो आधुनिक रेट्रो मोटरसाइकलको सहज सवार प्रति प्रोत्साहित गर्नेछ भन्ने कुरामा विश्वस्त छौं । अन्तर्राष्ट्रिय व्यापार पोर्टफोलियो निर्माण गर्ने धेरै वर्षको प्रतिबद्धताका साथ, टिभिएस मोटरले विश्वभरका दुई र तीन पाङ्ग्रे सवारीका चालकहरूको विविध आवश्यकताहरू पूरा गर्न बेन्चमार्क सेट गरेको छ । नेपालमा टिभिएस रोनिनको लन्च गर्नु हाम्रो विश्वव्यापी ग्राहकलाई उत्कृष्ट उत्पादनहरू प्रदान गर्ने दिशातर्फ अर्को एउटा कदम हो ।’

टिभीएस रोनिन नेपाली बजारमा TD संस्करण (ट्रिपल टोन डुअल च्यानलABS) मा उपलब्ध हुनेछ । यो पौष २०८० देखि देशभरका टिभीएस मोटर आउटलेटहरूमा रु. ४,४९,९०० मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK