×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘इसीआई इनोभेटिभ मार्केटर अफ द इयर-२०२३’ बाट उजय शाक्य सम्मानित

अर्थ सरोकार

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार

PRIME CA

‘इसीआई इनोभेटिभ मार्केटर अफ द इयर-२०२३’ बाट उजय शाक्य सम्मानित

काठमाडौं ।  आउटरिच नेपालका फाउण्डर उजय शाक्य प्रतिष्ठित इसीआई इनोभेटिभ मार्केटर अफ द इयर-२०२३ बाट सम्मानित भएका छन् । उक्त अवार्ड ७ डिसेम्बर, २०२३ मा इसीआई फेष्टिभलले आयोजना गरेको गाला इभेण्टमा प्रदान गरिएको थियो ।

चीनको WUXI मा सम्पन्न उक्त कार्यक्रममा दक्षिण एशियाको एक अभियन्ताको रुपमा आफ्नो परिचय बनाएका शाक्यलाई विज्ञापन र बजारीकरणको लागि उनले पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

उनले इसीआई फेष्टिभलमा आफ्नो धारणा राख्दै डेटाद्वारा संचालित संसारमा मानवीय भावनाको दिगो महत्वमाथि विशेष प्रकाश पारेका थिए । कार्यपद्धतिहरुको प्रभाव बढ्दै गएको संसारमा, डेटाद्वारा संचालित वृतान्तहरुको प्रतिध्वनिमा शाक्यको जोड विश्वव्यापी प्रभाव सिर्जना गर्ने उद्देश्य र मुल्य मान्यताहरुमा रहेको थियो ।

शाक्यलाई प्रदान गरिएको इसीआई इनोभेटिभ मार्केटर अफ द इयर-२०२३ सम्मानले विज्ञापन र बजारीकरणको परिद्दृश्यमा सकारात्मक परिवर्तन ल्याउने एक अभियन्ताको रुपमा उनको स्थान कायम गरिदिएको छ ।

इसीआई फेष्टिभलमा विश्वका १३ राष्ट्रहरुको प्रतिनिधिहरु भेला भएर “Global Sustainable Innovation and Civilization Development Initiative” विषय माथि छलफल गरेका थिए । यो पहलको उद्देश्य सभ्यताको भविष्यको सशक्तिकरणमा डिजिटलाइजेसनको प्रयोग गरेर दिगो विकास वातावरण प्रणालीको निर्माण गर्नु रहेको जनाईएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: