Skip to content
LAXMI SUNRISE BANK

युनिलिभर नेपालको ३०औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

अर्थ सरोकार

काठमाडौं । युनिलिभर नेपालको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको समुपस्थितिमा सभा होटल याक एण्ड यतीमा सम्पन्न भएको हो ।

युनिलिभर नेपाल लिमिटेडले अतुलनीय लाभांश प्रतिफल र कर पछिको नाफा १८३.४ करोड पुर्याएको  छ, जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हुन आउँछ । युनिलिभर नेपालका सेयरधनीहरु यस वर्ष कम्पनीकै इतिहासमा सर्वाधिक धेरै लाभांश प्रति सेयर १५८० रुपैयाँ लाभांश दिने प्रस्ताव पारित गारेक्को छ ।

समारोहमा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष देव बाजपेइले सबै सेयरधनीहरु, नियामक निकायहरु, कर्मचारीहरु र अन्य सरोकारवालाहरुलाई धन्यवाद दिँदै भने, ‘न्यून लगानी, जैविक विविधतामा देखिएको नकरात्मक असर, भूराजनैतिक टकराव, सामाजिक ध्रुवीकरण, र साइबर असुरक्षालाई बढी जोड दिइएको छ किनकी विश्वव्यापी जोखिमहरु केही समयको लागि यसैको वरपर रहने अपेक्षा गरिएको छ ।’

सोही समारोहमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कर पश्चात कम्पनीको खुद नाफा गत वर्षको रु.१५४.२ करोडबाट बढेर यो वर्ष १८३.४ करोड पुगेको बताउँदै उक्त नाफा बितेको १० वर्षकै सबैभन्दा धेरै भएको बताए ।

युनिलिभर नेपाल लिमिटेडको ८५ प्रतिशत सेयर संस्थापक शेयरधनीहरुको रहेको छ भने बाँकी १५ प्रतिशत सेयर सर्वसाधारणहरुको रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK