×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले युनिटेक हाइड्रोपावरमा रणनीतिक लगानी गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले युनिटेक हाइड्रोपावरमा रणनीतिक लगानी गर्ने

Artha Sarokar

१२ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लक्ष्मी क्यापिटल कोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले युनिटेक हाइड्रोपावर कम्पनीमा रणनीतिक लगानी गर्ने सम्झौता गरेको छ । सम्झौतापछि दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा महत्त्वपूर्ण कदम अन्तर्गत फण्डले सञ्चालन गरेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डको पहिलो लगानीको शुभारम्भ समेत गरेको बताएको छ ।

लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड लक्ष्मी क्यापिटलको पहिलो प्राइभेट इक्विटी कोष हो । लक्ष्मी सस्टेनेबल एनर्जी फण्डको आकार १ अर्ब रुपैयाँको छ । लक्ष्मी क्यापिटल प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कोष सञ्चालन गर्न स्वीकृति प्राप्त गरी लगानी सुरु गर्ने मर्चेन्ट बैंक मध्ये एक हो।

यो कोषले जलविद्युत, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।

युनिटेक हाइड्रोपावर कम्पनीले माथिल्लो फवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । ताप्लेजुङ जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ५.८ मेगावाट छ ।

साथै कम्पनीसँग थप १५ मेगावाट (मध्य इङ्वाखोला जलविद्युत आयोजना) को अर्को जलविद्युत आयोजनाको इजाजत पत्र समेत छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी