काठमाडौँ । युनिभर्सल पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीका लागि ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुष ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण गरिनेछ । कम्पनीले लाभांश पारित लगायतका प्रस्ताव पारित गर्नका लागि पुष २९ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभाको प्रयोजनार्थ पुष १८ गते बुक क्लोज हुनेछ ।
युनिभर्सल पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गरेपछि पहिलोपटक लाभांश प्रस्ताव गरेको हो । कम्पनीले लाभांश दिने घोषणा गरेसँगै सेयधरनीहरु उत्साहित भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्