×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड

अर्थ सरोकार

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार

PRIME CA

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड भएको छ । हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर मङ्सिर २८ गते बिहीबार बाँडफाँड भएको हो ।

हाइड्रोपावरले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १:१ अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १० करोड ५९ लाख कित्ता सेयर बिक्री खुला गरेको थियो । कम्पनीको उक्त निष्काशित सेयरमा कुल ३ करोड ४८ लाख ९७ हजार ३९६.३४ कित्ताका लागि मात्र आवेदन परेको थियो । सोमध्ये एक हजार २ सय २२ जनाले २५ हजार ९ सय २६.३४ कित्ता हकप्रद सेयरको लागि बढी माग गरेको हुँदा उक्त सेयर बाँडफाँडमा समाबेश नगरी ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता हकप्रद सेयर बाँडफाँड गरेको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

बिक्री नभएको बाँकी  ७ करोड १० लाख २८ हजार ५३० कित्ता हकप्रद सेयर अपर तामाकोशीले लिलामी प्रकियामार्फत बिक्री गर्ने जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: