×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोलभेडाको मूल्य घट्दा भान्टा र फर्सीको मूल्य बढ्यो, यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गोलभेडाको मूल्य घट्दा भान्टा र फर्सीको मूल्य बढ्यो, यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

Artha Sarokar

२८ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज नेपाली ठुलो गोलभेडाको मूल्य १५ रुपैयाँले घटेर ४५ रुपैयाँमा किनबेच भईरहेको छ भने फर्सी र भान्टाको मूल्य बढेको छ । त्यस्तै, अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ४५ रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, टनेलको सानो गोलभेडा १५ रुपैयाँ, गोलभेडा सानो (तराई) २० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३६ रुपैयाँ, भारतीय रातो आलु ३२ रुपैयाँ र सेतो आलु ३० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज १४५ रुपैयाँ, लोकल गाजर ४० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, स्थानीय काउली (ज्यापु) २५ रुपैयाँ, रातो मुला १५ रुपैयाँ, लोकल सेतो मुला ८ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ४० रुपैयाँ, तने बोडी ८० रुपैयाँ, मकै बोडी ६०, मटरकोशा ११० रुपैयाँ, घ्यु सिमि लोकल ८० रुपैयाँ, राजमा १२० रुपैयाँ, टाटे सिमि ५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तिते करेला ६०, लौका ५०, परवल ८०, फर्सी पाकेको ३०, हरियो फर्सी (लाम्चो) ४०, हरियो फर्सी (डल्लो) ४०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ५०, बरेला ५०, पिडालु ५०, स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग २५ रुपैयाँ, पालुंगो ११० रुपैयाँ, चम्सुरको साग १०० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, मेथीको साग ११० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ९०, बकुला ६०, तरुल ६०, कन्य च्याउ १६०, डल्ले च्याउ ३००, कुरिलो ६००, ब्रोकाउली ४०, चुकन्दर ७०, सजीवन १६०, रातो बन्दा १५०, जिरीको साग ९०, सेलेरी १२०, पार्सले ३००, सौफको साग ११०, पुदिना २००, गान्टे मुला ७०, तामा ९०, तोफु ९०, अदुवा १५०, हरियो खुर्सानी ५०, सुकेको खुर्सानी ४८०, हरियो अकबरे खुर्सानी ३००, हरियो लसुन ९०, हरियो धनिया ५०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३२०, झोले स्याउ २५०, केरा (दर्जन) १४०, कागती १२०, अनार ३५०, हरियो अंगुर २५०, कालो अंगुर २५०, नेपाली सुन्तला १००, भारतीय सुन्तला ८०, हरियो तर्बुजा ६०, मौसम १४०, जुनार २४०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ४०, रुख कटहर ११०, निबुवा ५०, चाइनीज नासपाती २४०, नेपाली मेवा ६०, भारतीय मेवा ८०, अम्बा १२०, लप्सी ५०, उखु प्रतिबटा ९०, किनु १४०, किवी २००, शरिफा २००, अभोकाडो २००, स्ट्रबेरी ४००, अमला ६० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी