×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्याजको मूल्य घट्यो, कुरिलोको मूल्य बढ्यो, आइतबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्याजको मूल्य घट्यो, कुरिलोको मूल्य बढ्यो, आइतबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

Artha Sarokar

८ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज भारतीय सुकेको प्याजको मूल्य घटेको छ । प्याजको मूल्य २५ रुपैयाँले घटेर प्रतिकेजी न्युनतम १०५ रुपैयाँ रहेको छ। त्यस्तै, कुरिलोको मूल्य भने बढेर प्रतिकेजी १३०० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, टनेलको सानो गोलभेडा २० रुपैयाँ, गोलभेडा सानो (तराई) २० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३४ रुपैयाँ, भारतीय रातो आलु ३२ रुपैयाँ र सेतो आलु २८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज १०५ रुपैयाँ, चाइनिज सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ५० रुपैयाँ, रातो मुला १५ रुपैयाँ, सेतो मुला १० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५० रुपैयाँ, तने बोडी ८० रुपैयाँ, मकै बोडी ६०, मटरकोशा ६० रुपैयाँ, घ्यु सिमि लोकल ८० रुपैयाँ, राजमा १५० रुपैयाँ, टाटे सिमि ४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तिते करेला ८०, लौका ६०, परवल ९०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ५०, हरियो फर्सी (डल्लो) ५०, सलगम ७०, भिण्डी १५०, सखरखण्ड ६०, बरेला ७०, पिडालु ५०, स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ३० रुपैयाँ, पालुंगो ११० रुपैयाँ, चम्सुरको साग ११० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, मेथीको साग ११० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ८०, बकुला ८०, तरुल ६०, कन्य च्याउ १६०, डल्ले च्याउ ३५०, कुरिलो १३००, ब्रोकाउली ५०, चुकन्दर ७०, रातो बन्दा १२०, जिरीको साग ९०, सेलेरी १००, पार्सले २५०, सौफको साग ११०, पुदिना २५०, गान्टे मुला ७०, तामा ९०, तोफु १२०, अदुवा १५०, हरियो खुर्सानी ५०, सुकेको खुर्सानी ४८०, हरियो अकबरे खुर्सानी ३००, हरियो लसुन १५०, हरियो धनिया ९०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, झोले स्याउ २००, केरा (दर्जन) १३०, कागती १२०, अनार ३५०, हरियो अंगुर २२०, कालो अंगुर ३००, नेपाली सुन्तला १००, हरियो तर्बुजा ६०, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ३०, रुख कटहर ११०, निबुवा ५०, चाइनीज नासपाती २४०, नेपाली मेवा ७०, अम्बा १००, लप्सी ७०, किनु १४०, किवी ३००, शरिफा २५०, अभोकाडो २५०, स्ट्रबेरी ४००, अमला ७० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी