काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तितो करेलाको मूल्य बढेको छ । करेलाको मूल्य २० रुपैयाँले बढेर प्रतिकेजी न्युनतम १०० रुपैयामा किनबेच भईरहेको छ ।
नेपाली ठुलो गोलभेडा न्युनतम ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, टनेलको सानो गोलभेडा २० रुपैयाँ, गोलभेडा सानो (तराई) २० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३५ रुपैयाँ, भारतीय रातो आलु ३२ रुपैयाँ र सेतो आलु २६ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ९५ रुपैयाँ, चाइनिज सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर ४० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, रातो मुला १५ रुपैयाँ, सेतो मुला ८ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५० रुपैयाँ, मकै बोडी ६० , मटरकोशा ५० रुपैयाँ, घ्यु सिमि लोकल ७० रुपैयाँ, राजमा १५० रुपैयाँ, टाटे सिमि ५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तिते करेला १००, लौका ५०, परवल ११०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ४०, हरियो फर्सी (डल्लो) ५०, सलगम ७०, भिण्डी १४०, सखरखण्ड ६०, बरेला ६०, पिडालु ५०, स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ३० रुपैयाँ, पालुंगो ११० रुपैयाँ, चम्सुरको साग ११० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, मेथीको साग ११० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ८०, बकुला ८०, तरुल ६०, कन्य च्याउ १३०, डल्ले च्याउ २५०, ब्रोकाउली ५०, चुकन्दर ७०, रातो बन्दा १४०, जिरीको साग ९०, सेलेरी १००, पार्सले २५०, सौफको साग ११०, पुदिना २५०, गान्टे मुला ७०, तामा ९०, तोफु १२०, अदुवा १५०, हरियो खुर्सानी ५०, सुकेको खुर्सानी ४८०, हरियो अकबरे खुर्सानी ४००, हरियो लसुन १२०, हरियो धनिया ८०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, झोले स्याउ २००, केरा (दर्जन) १३०, कागती १२०, अनार ३२०, हरियो अंगुर २२०, कालो अंगुर ३२०, नेपाली सुन्तला ११०, हरियो तर्बुजा ६०, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ३०, रुख कटहर ११०, निबुवा ४०, चाइनीज नासपाती २२०, नेपाली मेवा ६०, अम्बा १००, लप्सी ६०, किनु १२०, किवी ३००, शरिफा २५०, अभोकाडो २५०, स्ट्रबेरी ४५०, अमला ७० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्