काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो अकबरे खुर्सानीको मूल्य बढेको छ । अकबरे खुर्सानीको मूल्य ५० रुपैयाँले बढेर प्रतिकेजी न्यूनतम ४०० रुपैयाँमा किनबेच भईरहेको छ ।
नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, टनेलको सानो गोलभेडा १२ रुपैयाँ, गोलभेडा सानो (तराई) ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २६ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ८५ रुपैयाँ, चाइनिज सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर ४० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, रातो मुला १५ रुपैयाँ, सेतो मुला लोकल १२ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५० रुपैयाँ, मकै बोडी ६० , मटरकोशा ५० रुपैयाँ, घ्यु सिमि लोकल ६० रुपैयाँ, राजमा १९० रुपैयाँ, टाटे सिमि ५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तिते करेला १००, लौका ६०, परवल १००, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ४०, हरियो फर्सी (डल्लो) ४०, सलगम ७०, भिण्डी १३०, सखरखण्ड ६०, बरेला ६०, पिडालु ५०, स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ११० रुपैयाँ, चम्सुरको साग ११० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, मेथीको साग ११० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ९०, बकुला ८०, तरुल ७०, कन्य च्याउ १२०, डल्ले च्याउ २६०, ब्रोकाउली ५०, चुकन्दर ७०, रातो बन्दा १००, जिरीको साग ९०, सेलेरी १००, पार्सले २५०, सौफको साग ११०, पुदिना २५०, गान्टे मुला ७०, तामा ९०, तोफु १२०, अदुवा १४०, हरियो खुर्सानी ५०, सुकेको खुर्सानी ४८०, हरियो अकबरे खुर्सानी ४००, हरियो लसुन १२०, हरियो धनिया ८०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, झोले स्याउ २२०, केरा (दर्जन) १३०, कागती १२०, अनार ३२०, हरियो अंगुर २२०, कालो अंगुर ३२०, नेपाली सुन्तला ११०, हरियो तर्बुजा ६०, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ८०, हाइब्रिड काक्रो ३०, रुख कटहर ११०, निबुवा ४०, चाइनीज नासपाती २२०, नेपाली मेवा ७०, भारतीय मेवा ७०, अम्बा १००, लप्सी ६०, किनु १३०, किवी २५०, शरिफा २५०, अभोकाडो २५०, स्ट्रबेरी ४५०, अमला ७० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।