×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इजरायल-प्यालेस्टाइन युद्धः प्यालेस्टाइनमा ज्यान गुमाउनेको संख्या २० हजार नाघ्यो, कष्टकर बन्दै दैनिकी (फोटो-कथा)

PRIME CA

इजरायल-प्यालेस्टाइन युद्धः प्यालेस्टाइनमा ज्यान गुमाउनेको संख्या २० हजार नाघ्यो, कष्टकर बन्दै दैनिकी (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : १० पुष २०८०, मंगलवार

काठमाडौँ । इजरायल-प्यालेस्टाइन युद्धका कारण मृत्यु हुनेको संख्या २० हजार ६ सय ७४ पुगेको छ । हमासद्वारा सञ्चालित गाजामा रहेको स्वास्य्य मन्त्रालयले अक्टोबरको शुरुदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तिमा २० हजार ६७४ व्यक्तिको मृत्यु भएको जनाएको हो ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलाबाट शुरु भएको युद्धमा अहिलेसम्म ५४ हजार ५३६ व्यक्ति घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।

इजरायली नौसेनाले गाजा पट्टीमा हमासका आतङ्ककारी टोलीहरूलाई आक्रमण गरेको दाबी गरेको छ । इजरायली रक्षा बलका अनुसार आइडीएफले नौसेनाले हमासका कार्यकर्ताहरू लुकेका थुप्रै भवनहरूमा आक्रमण गरेको छ । साथै नौसेनाले हमासको टोलीले इजरायली सैनिकहरूमाथि मोर्टार र गोली हानेका स्थानहरूमा पनि आक्रमण गरेको दाबी गरेको छ ।

युद्धका कारण अहिले युद्ध क्षेत्रको अवस्था निकै दयनीय बनेको छ । युद्ध क्षेत्रमा हजारौँको संख्यामा रोजगारी गुमेको छ भने भोकमरी र महँगी बढ्को बढ्यै छ । यसले युद्ध क्षेत्रको जनजीवन थप कष्ठकर भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: