काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर विश्व रेकर्ड बनाएको छ ।
सोमबार दशरथ रङ्गशालामा आयोजित त्रिविको ४९ औँ दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थीलाई दीक्षित गराएर त्रिभुवन विश्वविद्यालयले अफिसियल वर्ल्ड रेकर्डमा किर्तिमानि बनाएको हो ।
त्रिविको ४९औँ दीक्षान्त समारोहमा उपस्थित विद्यार्थीको संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रूपमा उपस्थित सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसनले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्रसमेत प्रदान गरेको छ ।