काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो चार महिनामा नेपालबाट ५० करोडको यार्सागुम्बा निर्यात भएको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिकमा नेपालबाट १ सय ५३ किलो यार्सागुम्बा निर्यात भएको हो । नेपालबाट यार्सागुम्बा विश्वका विभिन्न १५ देशमा निर्यात भएको छ ।
नेपालबाट निर्यात हुने यार्सागुम्बा सबैभन्दा धेरै हङकङमा निर्यात भएको छ । पछिल्लो चार महिनामा नेपालबाट हङकङमा २३ करोड ३० लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ ।
त्यस्तै, चीनमा १८ करोड ३० लाख, कम्बोडियामा ३ करोड ८ लाख, सिंगापूरमा १ करोड २८ लाख र भियतनाममा ३ करोड ४० लाखको यार्सागुम्बा निर्या भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
यी मुलुकसँगै नेपालबाट जापान, मंगोलिया, रुस, बेलायत, मलेसिया, अस्ट्रेलिया र अमेरिका लगायतका देशमा समेत यार्सागुम्बा निर्यात हुँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्