काठमाडौं । नेपाली बजारमा चामलको पिठो र शख्खरको माग बढेको छ । नेवार समुदायले मनाउने य:मरी पुन्हिमा य:मरी खाने प्रचलन रहेकाले चामलको पिठो र शख्खरको माग बढेको हो ।
विशेषगरी य:मरी बनाउन चामलको पिठो र शख्खरको प्रयोग गर्ने गरिन्छ । शख्खरलाई पकाएर चाकु तयार परेर य:मरी बनाईन्छ ।
नेपाल खुद्रा व्यापार संघले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज चामलको पिठो (खस्रो) प्रतिकेजी ५० रुपैयाँ र चामलको पिठो (मसिनो) प्रतिकेजी ६० रुपैयाँ रहेको छ । त्यस्तै, दाराजका अनुसार शख्खरको मूल्य प्रतिकेजी १२० रुपैयाँ रहेको छ ।
नयाँ धानको चामलको पिठोलाई माछाकोजस्तो स्वरूप बनाएर त्यस भित्र चाकु, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट य:मरी तयार पारिन्छ ।
व्यापार संघले चामलको पिठोको मूल्य सार्वजनिक गरेको भएता पनि बजारमा महँगो मूल्यमा चामलको पिठो र शख्खर बिक्री वितरण गरिरहेको पाइएको छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउछन्।
‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्