काठमाडौँ । पूर्व अर्थमन्त्री युवराज खतिवडाले नेपालको अर्थतन्त्र सहायता लिन्न भन्न सक्ने अवस्थामा नपुगेको टिप्पणी गरेका छन् । वैदेशिक सहायताको प्रभावकारितासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले अनुदान नलिने भन्ने अवस्थामा पुग्ने हो भने हाम्रो आन्तरिक राजस्व संरचना अलि बलियो बनाउनु पर्ने भन्दै त्यसका लागि अझै समय लाग्ने बताएका हुन् ।
‘सहायता सामाजिक, आर्थिक, धार्मिक र राजनीतिक प्रयोजनाका लागि पनि छन्, अब त्यसलाई छुट्याउन सक्नुपर्छ । सहायता लिन्न भन्न सक्ने अवस्थामा हामी पुगेका छैनौँ ।’, खतिवडाले भने, ‘अब १०–१५ वर्ष निरन्तर हामीले ५–७ प्रतिशतको आर्थिक वृद्धि गर्ने हो भने अनुदानचाहिँ लिदैनौँ भन्ने अवस्थामा पुगौँला ।’ ् अनुदान नलिने भन्ने अवस्थामा पुग्ने हो भने आन्तरिक राजस्व संरचना अलि बलियो भएर जानुपर्छ र त्यसका लागि आर्थिक वृद्धि चाहिन्छ ।’
त्यस्तै, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वगभर्नर समेत रहेका खतिवडाले विदेशी सहायतालाई निरपेक्षतामा नभइ सापेक्षतामा हेर्नुपर्ने पनि उल्लेख गरेका छन् ।
‘ठूलो योजना, विद्युत योजना, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा हामीले विदेशी सहायता लिएर नै हामी अगाडि बढेका छौँ ।’, उनले भने, ‘हामीले वित्तीय क्षेत्रमा कुनै सहायता लिएर काम नगरेको भए हाम्रा केही बैंक र वित्तीय संस्थाहरु आज छन् कि छैनन् भन्ने अवस्थामा हुन्थे । त्यसको पनि मूल्यांकन गर्नुपर्ने हुन्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्