Skip to content
LAXMI SUNRISE BANK

पैसा धेरै भएपछि राष्ट्र बैंकले ४ दिनमा बैंकिङ प्रणालीबाट ७५ अर्ब तान्यो

अर्थ सरोकार

काठमाडौँ । बैंकिङ प्रणालीमा पैसा धेरै भएपछि नेपाल राष्ट्र बैंकले पछिल्लो चार दिनमा मात्रै ७५ अर्ब रुपैयाँ तानेको छ ।

निक्षेप उपकरणमार्फत बिहीबार राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तानेपछि पुष १६, १७, १८ र १९ गतेमा गरेर बैंकिङ प्रणालीबाट ७५ अर्ब २५ करोड रुपैयाँ तानिसकेको छ ।

हालको नीतिगत व्यवस्था अनुसार अन्तर बैंकदर तीन प्रतिशतभन्दा कम रहँदा राष्ट्र बैंकले बजारबाट तरलता खिच्नुपर्छ ।

अहिले अन्तरबैंक दर २.८० प्रतिशत हाराहारीमा रहेको छ । बुधबारको बोलकबोल अनुसार निक्षेप संकलनको भारित ओसत ब्याजदर ३ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK