काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ४ वटा एक्सरे मेसिनबाट जाँचपास सुरु गरिएको छ । यात्रुहरुको जाँचपास सेवालाई थप प्रभावकारी बनाउन यात्रु जाँचपासमा थप २ वटा एक्सरे मेसिन थप गरिएको हो ।
योसँगै हाल जाँचपासमा चार वटा मेसिनमार्फत सेवा दिन सुरु गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जाँचपासमा ४ वटा एक्सरे मेसिन थप भएसँगै अब यात्रुको जाँचपास १० मिनेटमै हुने विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
विगतमा दुईवटा मात्रै एक्सरे मेसिनबाट मात्रै जाँचपास हुँदै आएको थियो । तर, अब भने चारवटा मेसिनबाट जाँचपास सुरु गरिएको छ ।
त्यस्तै, भन्सार एरियाको क्षेत्र विगतको भन्दा दोब्बरले बढाइएको र एक्सरे मेसिन पनि थप गरिएकोले सेवा अझै चुस्त र प्रभावकारी हुनेमा विमानस्थल भन्सार कार्यालयले विश्वास व्यक्त गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्