Skip to content
LAXMI SUNRISE BANK

आँखुखोला जलविद्युत कम्पनीको १६औं साधारणसभा सम्पन्न, संचालक समितिमा ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित

अर्थ सरोकार

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा पौष २० गते बैभव पार्टी प्यालेस मैतीदेवीमा भव्य र सभ्यरुपले सम्पन्न भएको हो ।

कम्पनीका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले सामान्य र विशेष प्रस्ताव पारित गरेको छ । सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगती प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसैगरी, सभाले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन उपर छलफलसँगै लेखा परिक्षक नियुक्त र पारिश्रमिक निधारण समेत गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK