Skip to content
LAXMI SUNRISE BANK

अन्नपूर्ण केबलकारले पनि आईपीओ जारी गर्ने

अर्थ सरोकार

काठमाडौँ । अन्नपूर्ण केबलकार कम्पनीले प्रथामिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले ३१ लाख कित्ता अर्थात ३१ करोड रुपैयाँ बरबरको आईपीओ निष्कासनका लागि अनुमति माग गर्दै नियामक नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

केबलकार शुल्कबाट हुने आम्दानी नै मुख्य स्रोत रहेको कम्पनीले हाल पोखरामा केवलकार सेवा सञ्चालन गरिरहेको छ । आईपीओ निष्कासनका लागि अनुमति माग गर्दै बोर्डमा दिएको निवेदन स्वीकृत भएसँगै कम्पनीले आईपीओ निष्कासनको थप प्रक्रिया अघि बढाउनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK