Skip to content
LAXMI SUNRISE BANK

अपि पावर कम्पनीको साधारणसभा सम्पन्न

अर्थ सरोकार

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बानेश्वर ब्याङ्क्वेटमा कम्पनीका अध्यक्ष संतिश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।

साधारणसभाले अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदनलाई छलफल गर्दै पारित गरेको छ । त्यस्तै, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल गर्दै पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण पनि गरेको छ ।

यस्तै, सभाले कम्पनीले नयाँ आयोजनाहरुको पहिचान, विकास, प्रवर्द्धन गर्न लगानी गर्ने तथा अन्य कम्पनीबाट समेत प्रवर्द्धन भई विकास तथा निर्माण भईरहेको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने अखित्यारी समेत संचालन समितिलाई प्रदान गर्दै आएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK