×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एपोलो हाईड्रोपावरले आइपीओ जारी गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एपोलो हाईड्रोपावरले आइपीओ जारी गर्ने

Artha Sarokar

१८ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एपोलो हाईड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १४ लाख १० हजार कित्ता साधारण सेयर प्रत्याभूति व्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटलसँग मंगलबार सम्झौता गरेको हो ।

सम्झौतापत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले निमार्ण गरी रहेको बुकु खोला जलविद्युत् आयोजना ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका,सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका भई बग्ने बुकु खोलाको पानी उपयोग गरेर ६ मेवा क्षमताको विद्युत् आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७५ साउन २२ गते विद्युत खरिदबिक्री सम्झौता गरी उक्त आयोजनाको निमार्ण कार्य ५५ प्रतिशत सम्पन्न गरिसकेको बताएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी