काठमाडौं । यूरोप पठाईदिन्छु भन्दै रकम ठगी गर्ने मेनपावर संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं. १ बस्ने ४१ वर्षीय जयराम पौडेल रहेका हुन् ।
उनले पदम कुमार श्रेष्ठसहित दुई जनालाई वैदेशिक रोजगारीका लागि युरोप पठाईदिने भन्दै १९ लाख ६० हजार रुपैयाँ ठगी गरी फरार भएका थिए । उनले पीडितहरुलाई यूरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिने, मासिक ३ लाख भन्दा धेरै तलब हुन्छ भन्दै विश्वास दिलाई प्रलोभनमा परेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्