काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
सिराहा जिल्ला बिष्णुपुर गा.पा. वडा नं. ०२ घर भई हाल ललितपुर महालक्ष्मी न.पा.वडा नं. ०४ ईमाडोल बस्ने २४ वर्षीय मनोज कुमार साह पक्राउ परेका हुन् ।
उनले डम्बर कुमार पाहिकलाई कतार पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारेर २ लाख ९० हजार रुपैयाँ ठगी गरेका थिए ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले ललितपुरको ईमाडोलबाट १५ गते पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्