काठमाडौं । अनलाइनबाट ठगी गरि रकमान्तर भएका खाताहरुको व्यवस्थापन गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी जिल्ला राजविराज नपा १०, डुम्री बस्ने २६ वर्षीय डम्बर शाह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथर फिदिमले सामाजिक सञ्जाल ह्वाट्स एप, इमो, फेसबुकहरुमा विभिन्न व्यक्तीहरुलाई पार्सल पठाईदिन्छु भनि ठगि गर्ने गरेको, ठगि भई पिडकहरुले निज डम्बर शाहले संचालन गरेको उदगम भेन्चर क्यापिटल, प्रोफिस्ट ग्रुप र डम्बर शाहको को व्यक्तिगत खातामा रकम पठाउने गरेको आरोपमा फिदिम न.पा. वडा नं. १ अस्पताल चौकबाट शाहलाई नियन्त्रणमा लिएको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्