Skip to content
LAXMI SUNRISE BANK

अरुण भ्याली हाइड्रोपावरको साधारणसभा सम्पन्न

अर्थ सरोकार

काठमाडौं। अरुण भ्याली हाइड्रोपावरको २६औं वार्षिक साधारणसभा पुष २९ गते कम्पनीका अध्यक्ष जीवन राज शाक्यको अध्यक्षतामा सम्पन्न भएको छ । सभा काठमाडौंको नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा सम्पन्न भएको हो ।

उक्त साधारणसभाले आर्थिक वर्ष २०७९/८० को प्रयोजनको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड हकप्रद निष्काशनका लागि अघि बढेको छ । बोर्डले भखरै मात्र अरुण भ्यालीलाई १:१ को अनुपातमा शत प्रतिशत हकप्रद सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

हाइड्रोपावरले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता बराबरको सेयर निष्काशन गर्ने छ । सेयर निष्काशनको काम मुक्तिनाथ क्यापिटलले गरिरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK