Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकको एटिएम मेसिन फोड्ने एक जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । पोखरामा एनएमबि बैंकको एटिएम मेसिन फोड्न प्रयास गर्ने एकजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–५ जिरो किलोमिटरस्थित बैंकको एटिएम मेसिन फोड्न प्रयास गर्ने २७ वर्षीय टीकाराम पौडेल पक्राउ परेका हुन् ।

पोखरा महानगरपालिका-१७ बिरौटामा बस्दै आएका पौडेल कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ का बासिन्दा हुन् ।

राती करिब १२ बजेको समयमा बैंकको एटिएम बुथमा छिरेर मेसिन फोड्ने प्रयास गर्दै गरेको सूचनाका आधारमा पौडेललाई वडा प्रहरी कार्यालय बैदामबाट खरिटएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK