काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को सचिवालयले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको छ । कार्यपालिकाले गरेको निर्णय सच्याएर आफूखुसी प्रमाणिकरण गरेको पाइएपछि निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा मेयर शाहको सचिवालयले ताला लगाएको हो ।
नगर कार्यपालिकाको पुषमा बसेको बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने गरी गरेको निर्णयमा वरिष्ठ शाखा अधिकृत भगवती भण्डारीले आफूखुसी आफ्नी छोरी सुप्रिया ढुंगेलको नाम थपेर ६ जना बनाएकी थिइन् । सोही कार्यमा संलग्नता रहेको पाइएपछि मेयर शाहको सचिवालयले निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाएको हो ।
छानबिन चलिरहेका बेला बिदामा बस्न भनिए पनि कार्यालयमा आउने थाहा पाएपछि कार्यकक्षमा ताला लगाइएको बालेनको सचिवालयले जनाएको छ ।
हाल निलम्बनमा परेका महानगरका उच्च अधिकारीहरुमाथि काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)कै नेतृत्वमा छानबिन भइरहेको छ । छानबिनका क्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई बिदामा बस्न पनि महानगरले आग्रह गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्