×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेन, हर्क र गोपीद्वारा राष्ट्रिय सभाको मतदान बहिष्कार

PRIME CA

बालेन, हर्क र गोपीद्वारा राष्ट्रिय सभाको मतदान बहिष्कार

११ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । स्वतन्त्र मेयर बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालले राष्ट्रिय सभाको निर्वाचन बहिष्कार गरेका छन् । बिहीबार बिहानदेखि सुरु भएको राष्ट्रिय सभाको निर्वाचनमा तीनै जना स्वतन्त्र मेयरले मतदान बहिष्कार गरेका हुन् ।

उनीहरु तीनैजना कार्यव्यस्तताको कारण देखाउँदै दलका उम्मेदवारलाई मतदान गर्न मतदान केन्द्रमा नगएको बुझिएको छ ।

हर्क साम्पाङको मतदान केन्द्र कोशी प्रदेशको विराटनगरमा २ सिटका लागि तीन दलका ५ जना उम्मेदवार थिए । त्यस्तै, बालेन शाहको मतदान केन्द्र बागमती प्रदेशको हेटौँडामा ४ सिटका लागि ६ दलका १५ जना उम्मेदवार गोपाल हमाल (गोपी)को मतदान केन्द्र सुदूरपश्चिमको धनगढीमा ३ सिटका लागि ३ दलका ६ जना उम्मेदवार रहेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: