×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकबाट ऋण लिने प्रक्रिया अब सजिलो, बैंकर, ऋणी र विद्यार्थीहरुका लागि साझा प्लेटफर्म आयो… (भिडियो ब्रिफिङ)

PRIME CA

बैंकबाट ऋण लिने प्रक्रिया अब सजिलो, बैंकर, ऋणी र विद्यार्थीहरुका लागि साझा प्लेटफर्म आयो… (भिडियो ब्रिफिङ)

१७ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: < ८ मिनेट

बैंकबाट ऋण । व्यवसाय गर्ने धेरैलाई यो प्रक्रिया झन्झटिलो लाग्छ । हुन पनि ऋण लिने त भन्यो, न कसरी प्रक्रिया अगाडी बढाउने भन्ने थाहा हुन्छ, न केके कागजात चाहिन्छ भन्ने थाहा हुन्छ । न कुन बैंकले कति ब्याज लिन्छ भन्ने थाहा हुन्छ, न कुन बैंकको सेवा सुविधा कस्तो छ भन्ने थाहा हुन्छ । अनि केहि पनि थाहा नभएपछि त कि ऋण नै नलिनुपर्यो, लिनुपरे कुनै दलालको सहयोग लिनुपर्यो । अनि दलालले खान्छ आफु, अनि बिएमले २% त मागेको छ, के गर्ने होला भने ब्ल्याकमेलिङ सुरु गरिहाल्छ । पैसा नदिउँ, ऋण चाहिएको छ, पैसा दिउँ २ % भनेको त ठुलै रकम भयो । बैंकले लिने सेवा शुल्क त छँदै छ । अनि केहि सिप नलागेर एउटा ऋणी दलाललाई घुस बुझाउन तयार हुन्छ । न उसले मैले कति ब्याज तिर्नुपर्छ भन्ने अध्ययन गर्छ, न बैंकका सर्तनामहरु पढ्छ । ऋण नपाउञ्जेल, खुट्टा नै ढोग्न तयार हुन्छ उ । बैंकले जे जे सोध्छ, सबै दलालले भनेबमोजिम गरिदिन्छ उसले । अनि जव बैंकबाट उसले ऋण पाउँछ, तव भोलिपल्ट देखि नै उ भन्न थाल्छ, बैंकले मलाई ठग्नुसम्म ठग्यो । केहि समयपछि ब्याज बढ्छ, उ झन् उफ्रिन्छ । २ % सुरुमै घाटा भईसक्यो, त्यसको पिरलो अव सुरु हुन्छ । धेरैलाई पछिल्लो समय भईरहेका घटना यस्तै छन् । तर खासमा ऋण लिनका लागि, न बैंकलाई घुस बुझाउनुपर्छ, न दलेहरुलाई । आफ्नो क्लियर प्रोजेक्ट, वा के कामका लागि ऋण चाहियो भन्ने तथ्य, र धितो भए तपाईंलाई बैंकले ऋण नदिने कुरै छैन । व्यवसाय गर्ने तपाईं, भोलि ब्याज तिर्नुपर्छ तपाईंले, धितो तपाईंको, भोलि ऋण नतिर्दा नाम तपाईंको आउँछ, कालोसूचीमा तपाईं पर्नुहुन्छ, अनि फोकटमा अरुलाई पैसा खुवायो, अनि बैंकलाई सराप्यो । पछिल्लो समय ऋण नतिर्नेहरुको संख्या बढेको कारण पनि यहि हो । यसो त कुन बैंकबाट ऋण लिंदा ठिक हुन्छ, कुन बैंकबाट ऋण लिँदा सस्तो ब्याजपर्छ भन्नेजस्ता जनाकारी नहुँदा धेरै ऋणीहरु ठगिएका पनि सत्य हो । त्यसैले अव कसैले पनि यस्तो समस्या भोग्नु नपरोस् भनेर अर्थ सरोकार डटकमले डिजिटल प्रोडक्ट, बैंकर दाई ल्याएको छ । अव तपाईंले बैंकर दाई डट अर्थ सरोकार डटकममा गएर कुन बैंकले ब्याज कति लिन्छ, मैले लिन खोजेको ऋणका लागि आवश्यक प्रक्रिया के हुन् ? के के कागजात चाहिन्छ भनेर विवरण हेर्न मिल्ने, बैंकहरुको ब्याजदर दाँजेर हेर्न मिल्छ । त्यसमा पनि विज्ञको सल्लाह चाहिए बैंकर दाईको आस्क एण्ड एक्सपर्टमा गएर सोध्न मिल्नेसमेत व्यवस्था गरेको छ बैंकर दाईले ।

ऋण मात्र होइन, बैंकर दाईमा आफुले बैंकमा पैसा राख्दा कुन बैंकले बढी ब्याज दिन्छ भन्ने कुरा पनि हेर्न मिल्छ । आफुले पसिना बगाएर कमाएको पैसाको कसलाई माया हुँदैन र ? र त बैंकर दाई पोर्टलमा गएर कुन बैंकले कति ब्याज दिन्छ भनेर हेरेर सोहि बैंकमा खाता खोली पैसा राख्न सक्नुहुनेछ । कतिपय ऋणीहरुलाई त बैंकको आधार दर कति छ भन्ने पनि थाहा हुँदैन, अव अर्थ सरोकारको बैंकर दाईमा कुन बैंकको आधार दर र निष्क्रिय कर्जा कति छ भन्ने विवरण पनि सहज रुपमा हेर्न मिल्छ ।

तपाईंहरुमध्ये कतिपय क्रेडिट कार्ड लिने सोचमा हुनुहुन्छ होला । तर बैंकको सर्भिस र श्रीमती धेरैलाई अर्काकै राम्रो लाग्छ भन्ने ठट्टा त सुन्नुभएकै होला, बैंकको क्रेडिट कार्डको सेवा पनि आफुले कुनै एक बैंकबाट लिएपछि अर्को बैंकको मन पर्ने हुन्छ धेरैलाई । त्यसैले सुरुमै मैले बार्षिक रुपमा कति तिर्नुपर्छ, मासिक ब्याजदर के छ भनेर बुझेर मात्र क्रेडिट कार्ड लिंदा सो कार्ड लिनुको मज्जा पनि हुन्छ । र बैंकर दाई प्लेटफर्ममा क्रेडिट कार्डसम्बन्धि विवरण हेरेर कुन बैंकको सेवा लिँदा ठिक हुन्छ भनेर निर्णय गर्न सकिन्छ ।

तपाईंलाई कहिलेकाहीं यस्तो पनि भएको हुन सक्छ, बैंकको सेवा सार्है झुर लागेर कहाँ गएर आफ्ना गुनासो पोखौं, कसलाई गएर भेटौँ, त्यो बैंक त जानै नपरे हुन्थ्यो भन्ने कहिलेकाहीं लाग्छ होला । वा कहिलेकाहीं आहा, त्यो बैंकको कर्मचारीले कस्तो राम्रो बोलेको, कति मज्जाले आफ्ना कष्टमरलाई बुझाएको, बैंकर भनेको त यस्तो हुनुपर्छ, सेवा भनेको त यस्तो हुनुपर्छ भन्ने पनि लागेको होला । तर बैंकले सेवा झुर लाग्दा घरमा गएर रिसाएर पनि भएन, बैंकको सेवा सार्है मन पर्यो भनेर घरमा सुनाउँदा, फेरी कुनचाहिं सँग लभ पर्यो कि भनेर घरमा शंका गर्लान् भन्ने पीर । बैंकलाई सेवा सुधारका लागि झकझकाउन र राम्रो कुरालाई राम्रो भन्न अव अर्थ सरोकारमा बैंकलाई रेटिङ गर्ने व्यवस्था पनि गरिएको छ । जसका लागि बैंकर दाई पोर्टलमा गएर रिभ्युज अप्सनमा गई आफ्नो बैंकलाई १ तारा देखि ५ तारासम्म रेटगर्न सकिन्छ । १ तारा भनेको लाष्ट झुर सेवा छ भन्ने हो भने, ५ तारा भनेको सार्है राम्रो सेवा छ भन्ने हो । यसले समग्र बैंकहरुले पनि ग्राहकले आफ्नो सेवालाई कसरी लिईरहेका छन् भनेर ख्याल गर्न मद्धत पुर्याउँछ भन्ने हाम्रो विश्वास छ ।

कतिपयलाई यस्तो पनि भएको हुन सक्छ, बैंकले सार्है दुख दिएको पनि हुन सक्छ । स्वयम् नियामक नेपाल राष्ट्र बैंकले बैंकको कुनै पनि सेवाप्रति चित्त नबुझे वा बैंकले दुख दिए गुनासो लिएर आउनु भनेको छ । तर एउटा गुनासो पोख्न राष्ट्र बैंक धाउने कुरा पनि भएन, कतिपय बैंकहरुले त गुनासो गर्ने ठाउँ पनि वेव साइटतिर कतै सहजै देख्न नसकिनेगरी लुकाएर राखेका हुन्छन् । हामीले अव सबैजसो बैंक तथा वित्तीय संस्थाका गुनासो इकाईका इमेल ठेगाना, फोन नम्बर र गुनासो सुनुवाई अधिकृतको नामसहितको विवरण एकै ठाउँमा राखिदिएका छौं । राष्ट्र बैंकमा गुनासो टिपाउने लिंक पनि त्यहिं छ । यति गर्दा पनि तपाईंको गुनासो सुनुवाई भएन भने हामीलाई सम्पर्क गर्ने ठेगाना पनि हामीले राखिदिएका छौँ । गुनासो सुन्ने राष्ट्र बैंकले नै हो, तर तपाईंको गुनासो किन सुनिएन भनेर दबाब जसले दिन पनि मिल्छ, र हामी दिन्छौँ ।

बैंकिङ क्षेत्रमा अझ त्यसमा पनि लघुवित्तमा देखिएको अर्को समस्या हो, गर्ने बेलामा हाकिमले भनेर गरेको हुन्छ, फस्ने बेलामा आफु फसिन्छ । बैंकका धेरै साना तहका कर्मचारीहरु यसैगरी फसिरहेका हुन्छन् । लघुवित्तमा त झन् राजिनामा स्वीकृत नगरिदिएर एचआरले हैरान नै पारे भनेर स्वयम् अर्थ सरोकारमा दिनमा एक दुई फोन आईनै रहेका हुन्छन् । लघुवित्त सिधै कानुनी उपचारमा जान्छु भनेर धम्की दिन्छ , विचरो कर्मचारी मुद्धा मामिला भनेपछि त्यसै तर्सिन्छ । नतर्सियोस् पनि किन, न उसंग वकिललाई दिने पैसा हुन्छ, न वकिल चिनेको हुन्छ । तर मुद्धा मामिला भनेको तर्सिने चीज होइन । कानुनी उपचार जसले खोज्दा पनि हुन्छ । गल्ती एउटाले गर्ने र आफु फस्ने कुरा कसरी सहनु ? त्यसैले कुनै पनि बैंक तथा वित्तीय संस्थाका कर्मचारी साँचो अर्थमा अन्यायमा परेका छन्, र तिनलाई कानुनी सहायता दिने कोहि भएनन् भने अव अर्थ सरोकारले निःशुल्क कानुनी सहायता दिन्छ । यसका लागि निःशुल्क कानुनी सहायता अप्सनमा गएर आफ्ना समस्या टिपाउन सकिन्छ ।

अव बैंक तथा वित्तीय संस्थाका कर्मचारीको प्रसङ्ग एकैछिनलाई छोडेर बैंकमा जागिर खाने तयारी गर्ने वा सोच्नेहरुका कुरा गरौँ । बैंकमा जागिर खान्छु भनेर रातदिन मेहेनत गर्नेहरु पनि छन् । तर स्मार्ट मेहेनत नहुँदा उनीहरु लिखित परिक्षा मै फेल हुन्छन् । एक त कुन बैंकमा जागीर खुलेको छ भन्ने थाहा पाउन नै १० ठाउँ चाहार्नुपर्छ, अर्को बैंकको तयारी त गर्ने, परिक्षामा के कस्ता प्रश्नहरु आउँछन् भन्ने थाहा नै हुँदैन । बैंकको जागिरका लागि तयारी गरिरहेकाहरुको यहि मर्का बुझेर अव अर्थ सरोकारको बैंकर दाई प्लेटफर्ममा निःशुल्क अनलाइन परिक्षा दिन पाइने व्यवस्था गरिएको छ । यो तयारीका लागि मोडल परिक्षा हो । तपाईंले कुन कुन प्रश्न मिलाउनुभयो, कुन कुन बिगार्नुभयो र कति नम्बर प्राप्त गर्नुभयो भन्ने कुरा पनि तुरुन्त थाहा हुने यो सिष्टम पूर्ण रुपमा निःशुल्क छ । कतिपय कोचिङ सेन्टरहरुले यस्तै परिक्षाको समेत पैसा लिने गरेका छन् । तर अव बैंकर दाई प्लेटफर्ममा गएर तपाईंले निःशुल्क परिक्षा दिन सक्नुहुन्छ, आफुलाई निखार्न सक्नुहुन्छ, समग्रमा भन्दा पढ्न सक्नुहुन्छ ।

बैंकको तयारी गरिरहेकाहरुलाई मलाई कसैले सिकाउंदैन यार भन्ने पर्छ । बैंकमा काम गरिरहेकाहरुलाई एक त नचिनेको हुन सक्छ, अर्को फुर्सद नहुन सक्छ । सबै मिलेर एकै ठाउँ कुरा गर्ने समय नै मिल्दैन । अनि के गर्नु ? उता बैंकरका पीडा आफ्नै छन् । बैंकरको कुरा बैंकरबाहेक कसैले बुझ्दैन । यसो बैंकका समसामयिक विषयमा कुरा गरौं न भन्दा एक त फुर्सद छैन, अर्को साझा प्लेटफर्म छैन । बैंकरहरुको यहि समस्यालाई मध्येनजर गरेर हामीले बैंकका कर्मचारी र बैंकको तयारी गरिरहेकाहरुका लागि छुट्टै सामाजिक संजालको लयमा बैंकिङ चौतारी नामक प्लेटफर्म बनाएका छौं । बैंकर दाईमा गएर आफ्नो युजर प्रोफाइल बनाएर बैंकिङका गफ गर्न, एउटा जानेकोले अर्को नजानेकोलाई सिकाउने गर्न मिल्छ । बैंकिङ क्षेत्रका रमाइला कुरा, गसिपहरुका बारेमा पनि कुराकानी गर्न पनि मिलिहाल्यो ।

नेपालमा कुन बैंक सबैभन्दा राम्रो वा कुन सीइओ सबैभन्दा बढी रुचाइएको भन्ने तथ्यांक कतै छैन । तर, अव बैंकर दाई प्लेटफर्म मार्फत तपाईंले आफुलाई मन परेको बैंकलाई रेटिङ दिन मात्र होइन, आफुलाई मन परेको सीइओलाई लाइक गर्न पनि सक्नुहुन्छ । लाइकलाई भोट मानेर सिष्टमले पछिल्लो एक महिनामा कुन सीइओ वा कुन बैंक बढी रुचाइएको छ भन्ने डाटा निकालिदिन्छ ।

अझ बैंकरहरुमा कामको प्रेसरले कहिलेकाहीं आफ्नै जन्मदिन बिर्सिने समस्या पनि हुन्छ । श्रीमती वा गर्लफ्रेन्डको जन्मदिन बिर्सिएर फाकाउनै महिना दिन लागेको पीडाको त झन् हिसाब के गर्नु ? अव आफ्नै जन्मदिन यस्तो हुन्छ भने आफ्नो बैंकको बार्षिकोत्सव यसपाली यसरी मनाउने भनेर सर्कुलर नआएसम्म थाहा हुन्न । अव त्यस्तो हुँदैन । नेपालका सबै बैंक तथा वित्तीय संस्थाका बार्षिकोत्सव कहिले हो भन्ने विवरण पनि बैंकर दाई प्लेटफर्ममा उपलब्ध छ । यसका अतिरिक्त कुन बैंकको शाखा कहाँ छ भन्ने विवरण पनि अर्थ सरोकारको बैंकर दाईमा उपलब्ध छ ।

बैंकर दाईको डाउनलोड सेक्सनमा गएर राष्ट्र बैंकका पछिल्ला सर्कुलरहरु पनि हेर्न सकिन्छ ।

निकट भविष्यमै बैंकरदाईकै आयोजनामा बैंकिङ तयारी कक्षा संचालनको तयारी गरेका छौं हामीले । हामीले नै संचालन गरेनौँ भने पनि पनि कहाँकहाँ त्यस्ता कक्षाहरु संचालन हुनेछन् भन्ने जानकारी हामी दिनेछौँ ।

बैंकिङ क्षेत्रमा अर्को रमाइलो कुरा चल्छ् बेला बेला,र राशिफलमा मिष्ठान्न भोजन लेखिएको हुन्छ, त्यहि दिन भोकै परिन्छ, अझ त्यहि दिन पेट अघाउन्जेल हाकिमको गाली खानुपर्छ । एष्ट्रोलोजी एउटा विज्ञान हो । सुन्दा अचम्म लाग्न सक्छ, तर कसैलाई कुनै महिना फाप्दै फाप्दैन, कसैलाई कुनै रङ फाप्दैना । एष्ट्रोलोजीको सोहि कुराहरु समेटेर हामीले छुट्टै बैंकिङ राशिफल लिएर आएका छौँ । हालका लागि हामीले बार्षिक राशिफल प्रस्तुत गरेका छौँ । छिट्टै मासिक र त्यसपछि साप्ताहिक राशिफल ल्याउने तयारीमा छौँ । तर राशिफल विशुद्ध बैंकिङ राशिफल । एष्ट्रोलोजीमा चासो राख्ने बैंकरका लागि यो गज्जबको कुरा हुन सक्छ । किनकि दशा बिग्रिएका बेला गरिने हस्ताक्षर नै हो जिन्दगीभर पिरोल्ने । नत्र बैंकिङ क्षेत्रका सबैभन्दा सोझा सीइओ नै किन प्रहरी हिरासतमा जानु परेर दुख पाउनुपर्थ्यो र ? किन अरुले गलत गरेको कामको सजाय भोग्दै थुप्रै बैंकरहरु जेल जानुपर्थ्यो र ! तपाईं मान्नुस् नमान्नुस, कतै न कतै गलत दिनमा गरेको सहित कामले वा सहि दिनमा गरेको गलत कामले पनि नसोचेको परिणाम ल्याउँछ । हामीले राशिफलमाथि विश्वास गर्नेहरुका लागि बैंकिङ राशिफल ल्याएका छौँ ।

यस अलावा बैंकर दाई प्लेटफर्ममा हामी बैंकिङ घोटालाका केस स्टडी पनि विस्तारै राख्दै जानेछौँ । बैंकरले पढ्नुपर्ने कुराहरु अर्थ सरोकारको बैंकर दाई प्लेटफर्ममा उपलब्ध हुनेछ ।

समग्रमा भन्दा बैंकका कर्मचारी, ऋणी, बैंकमा पैसा राख्न चाहाने ग्राहक, बैंकमा जागिर खान चाहानेहरु सबैका लागि एउटा साझा चौतारी होस् भनेर हामीले बैंकर दाई प्लेटफर्म बनाएका हौँ । यसको भरपुर उपयोग गर्न सक्नुहुनेछ । हामी नयाँ छौँ, केहि सुधार्नुपरे प्रतिक्रिया दिन सक्नुहुनेछ । राम्रो लागे अरुलाई भनिदिनुहोला, केहि चित्त नबुझे हामीलाई भनिदिनुहोला । हामी बैंकका कर्मचारी, ऋणी र बैंकमा जागिर खानेहरुलाई आफ्नै परिवारसरह मान्छौँ । त्यसैले पनि हामीले यो प्लेटफर्मको नाम बैंकर दाई भनेर राखेका हौँ । कहिलेकाहीं लाग्छ नि, अरुले ननिकालेको समाधान पनि दाईबाट निस्किन्छ, अरुलाई भन्न नसकेको कुरा दाईलाई भनिन्छ, दाईले आफु भन्दा अलि बढी रिसर्च गरेको हुन्छ र समास्याको समाधान निक्सिन्छ । त्यसैले पनि बैंकर दाई राखेका हौँ हामीले हाम्रो प्लेटफर्मको नाम । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: