काठमाडौं । अभिनेत्री वर्षा राउतले त्रिशुली नदीमाथि सञ्चालित जिपलाइन र स्काई साइक्लिङको मज्जा लिएकी छन् । त्रिशुली रिभरसाइड रिसोर्टले सञ्चालन गर्दै आएको जिपलाइन र स्काई साइक्लिङमा अभिनेत्री राउतले मनोरञ्जन लिएकी हुन् ।
जिपलाइन र स्काइ साइक्लिङपछि अभिनेत्री राउतले आफूलाई शुरूमा डर लागेपनि पछि निक्कै मज्जा आएको बताइन् । ‘मैले जिपलाइन अरु ठाउँमा पनि गरेको थिएँ तर यति ठूलो नदीमाथि गर्दा झन् मज्जाको थ्रिल महशुस भयो’, उनले भनिन्, ‘खोलामाथि साइक्लिङको अनुभव पनि मेरो लागी एकदमै नौलो रह्यो ।’
काठमाडौंबाट ७० किलोमिटर दूरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको यस रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काई रोप साइक्लिङ सञ्चालनमा छ ।
नदीमाथि जीपलाइन र स्काइ साइक्लिङ गर्नका लागि रिसोर्ट पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ । रिसोर्टमा जिपलाइन पनि नदी पार गर्ने गरि नै बनाइएको छ । रिसोर्ट परिसरबाट जिपलाइन नदी पारीतर्फ ल्यान्डिङ हुन्छ ।
जिपलाइन गरेर नदी पार गर्ने पर्यटक स्काई साइक्लिङ गरेर फर्कन सक्छन् । यो कम्बो प्याकेज बुकिङ गर्नेले विशेष छुट समेत दिइने गरेको रिसोर्टका सञ्चालक उद्धव कँडेलले जानकारी दिए ।
पछिल्लो समय एड्भेन्चर हब बन्दै गइरहेको यस रिसोर्टमा अभिनेत्री राउत को यो पारिवारिक घुमघाम हो । आफ्ना पति संजोग कोइरालासँग उनले रिसोर्टमा होलिडे समय बिताएकी हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्