×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेनी सेक्युरिटिजको कारोबार शुभारम्भ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बेनी सेक्युरिटिजको कारोबार शुभारम्भ

Artha Sarokar

२४ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दोस्रो बजारमा सोमबारदेखि नयाँ ब्रोकर कम्पनीको रुपमा बेनी सेक्युरिटिजले कारोबार शुभारम्भ गरेको छ । बानेश्वरको रुद्रमति मार्गमा रहेको कम्पनीले औपचारिक रुपमा सोमबारदेखि कारोबार सुरु गरेको हो ।

बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट आधिकारीक रुपमा गत कात्तिक २९ गते सदस्यता प्राप्त गरेसँगै कम्पनी सञ्चालनमा आएको हो ।

लगानीकर्ताको बढ्दो मागलाई मध्यनजर गर्दै सेयर कारोवारका लागि सञ्चालनमा ल्याएको बेनी सेक्युरिटिज कम्पनीको चुक्ता पुँजी २० करोड रहेको छ । कम्पनीले आफ्नो नाम जस्तै सेवापनि सजिलो रुपमा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

खुला अर्थनीति र पुँजी बजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति ल्याए संगै नयाँ ब्रोकर कम्पनीले कारोबारको अवसर पाएका हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी