काठमाडौँ । आर्थिक पत्रकार भागवत भट्टराई सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा अर्थ, राजस्व र वाणिज्य सम्वन्धी नियमित र उत्कृष्ट रिपोर्टिङ गरेको भन्दै भट्टराई सम्मानित भएका हुन् ।
भट्टराईलाई नगद, र प्रमाणपत्रसहित अर्थमन्त्री प्रकाशशरण महतले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
भट्टराई हाल सेतोपाटी डटकमको अर्थ ब्युरोमा कार्यरत छन् । लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रीय रहेका भट्टराई यसअघि पनि थुप्रै पुरस्कार तथा सम्मानबाट सम्मानित भईसकेका छन् ।