×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीको स्वागत गर्न गाउँपालिकामा सार्वजनिक बिदा, अध्यक्ष भन्छन्- ‘बरु बिदाको दिन कार्यालय खोल्छौँ’

PRIME CA
GLOBAL IME BANK

प्रधानमन्त्रीको स्वागत गर्न गाउँपालिकामा सार्वजनिक बिदा, अध्यक्ष भन्छन्- ‘बरु बिदाको दिन कार्यालय खोल्छौँ’

१७ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को स्वागतका लागि रामेछापको सुनापति गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । १९ पुष (बिहीबार) गाउँपालिकाको भवन उद्घाटनका लागि प्रधानमन्त्री जाने भएपछि सो दिन गाउँपालिकाले गाउँपालिकाभर सार्वजनिक बिदा दिएको हो ।

प्रधानमन्त्री जाने भएपछि पुष १९ गते गाउँपालिकाभरका सबै सरकारी कार्यालय, सामुदायिक विद्यालयहरु बन्द हुने भएका छन् । प्रधानमन्त्रीको स्वागतका लागि बिदा दिइएको गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले बताएका छन् ।

गाउँपालिका प्रधानमन्त्री आउने भएकाले सो दिन गाउँपालिकाका सबै कार्यालय र विद्यालय बन्द गर्ने बरु सार्वजनिक बिदाका दिन कार्यालय खोलेर सेवा दिने अध्यक्ष तामाङले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: