काठमाडौं । एक वर्षमा देश छोड्ने नेपालीको संख्या १६ लाख नाघेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार एक वर्षमा १६ लाख ३ हजार ८ सय ३६ जना नेपाली विदेशिएका छन् । जसमा महिलाको संख्या ४ लाख ३२ हजार ५८४ रहेको छ भने पुरुषको संख्या ११ लाख ७१ हजार १८६ जना रहेको छ ।
पछिल्लो समय देशमा रोजगारीको वातावरण नभएको र उच्च शिक्षाका लागि भन्दै विदेशिने नेपालीको संख्या बढेको छ । विभागका अनुसार वैदेशिक रोजगारीका लागि ७ लाख २३ हजार ७८९ जना पुरुष र ८४ हजार ६०४ जना महिला गरी कुल ८ लाख ८ हजार ४१५ जना विदेश गएका छन् ।
त्यस्तै, पर्यटक भिसामा २ लाख ४ हजार ५१८ जना विदेशसिएका छन् । जसमा पुरुष १ लाख ३० हजार ९२६ र महिला ७३ हजार ५७५ जना रहेका छन् अध्ययनका लागि १ लाख ८ हजार ५४२ जना विदेशिएको विभागले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्