काठमाडौँ । पछिल्लो एक वर्षमा स्थायी बसोबास गर्न ७१ हजार नेपालीले देश छोडेका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२३ मा विश्वका विभिन्न मुलुकमा स्थायी बसोबास गर्नका लागि ७१ हजार जना नेपालीले देश छोडेका हुन् ।
यो वर्ष नेपालबाट कुल १६ लाख तीन हजार आठ सय ३६ जना नेपाली विदेश गएका थिए । जसमध्ये स्थायी रुपमा देश छोड्नेको संख्या ७० हजार ९ सय १५ जना रहेको विभागले जनाएको छ ।
विभागको तथ्यांक अनुसार सन् २०२३ मा ९१ हजार तीन सय ४९ जना नेपाली अस्थायी बसोबासका लागि विदेश गएका छन् । त्यस्तै, एक लाख ६७ हजार चार सय ८५ जना नेपाली विदेशमा रहेका आफ्नो परिवार भेट्न गएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, विदेश जानेमध्ये आधाभन्दा धेरै नेपालीहरु रोजगारी प्रयोजनका लागि विदेश गएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ । जसमध्ये सबैभन्दा धेरै नेपाली रोजगारीका लागि दुबई गएका छन् भने सबैभन्दा धेरै क्रमशः भारत, कतार, मलेसिया र साउदी अरब गएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्