काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा पारेर रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४२ वर्षीय ललन कुमार राई र ३२ वर्षीय दिपेन्द्र राई रहेका छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
ललन कुमार राईले ५ जनालाई दुबई पठाईदिने भन्दै ७ लाख २० हजार रुपैयाँ ठगी गरेका थिए । त्यस्तै, दिपेन्द्र राईले क्रोएसिया पठाईदिने भन्दै पीडितबाट पटक पकट गरी ५ लाख रुपैयाँ ठगी गरेका थिए ।
पक्राउ परेका दुबैजनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्