काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम समयमै कार्य सम्पन्न नगर्ने विभिन्न २२ वटा निर्माण कम्पनीलाई ६ महिनादेखि ३ वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा सहभागी हुन नपाउने गरी कारबाही गरेको हो ।
कारबाहीमा पर्नेमा चारवटा कम्पानी तीन वर्षका लागि, चार वटालाई दुई वर्ष, पाँच वटालाई डेढ वर्ष, एउटालाई साढे दुई वर्ष र बाँकी आठ वटा कम्पनीलाई एक वर्ष कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
एक सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । कालोसूचीमा राखिएको अवधिभर उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । यस्तो छ कालोसूचीमा पर्ने कम्पनीहरुको लिष्टः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्