×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चाकु र तिलको लड्डु किन्नेहरुको भिड… (फोटो-कथा)

PRIME CA

चाकु र तिलको लड्डु किन्नेहरुको भिड… (फोटो-कथा)

१ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । माघे संक्रान्तिको दिन बजारमा चाकु र तिलको लड्डु किन्नेहरुको भिड लागेको छ । माघे सङ्क्रान्तिलाई थारु जाति र मगर जातिले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । माघे सङ्क्रान्तिमा तिर्थस्थलमा स्नान गर्ने, तरुल, शखरखण्ड, घ्यु, चाकु र तिलको लड्डु खाने चलन रहेको छ ।

चाकु चिसो लागेका बेला पनि खाने चलन छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्न सक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ ।

शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: