×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुढीगण्डकी जलविद्युत आयोजना पीपीपी मोडलमा बनाउन चेम्बर अध्यक्ष मल्लको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बुढीगण्डकी जलविद्युत आयोजना पीपीपी मोडलमा बनाउन चेम्बर अध्यक्ष मल्लको आग्रह

Artha Sarokar

२२ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडी बढाउनुपर्ने बताएका छन् ।

गोर्खा चेम्बर अफ कमर्सद्धारा गोरखामा आयोजित कृषि, पर्यटन तथा व्यपार प्रर्वद्धन मेलालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रिया सार्वजनिक निजी साझेदारीमा तत्काल सुरु गर्नुपर्नेमा जोड दिएका थिए । अध्यक्ष मल्लले भने, ‘नेपालबाट भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भएको छ, यसलाई कार्यान्व्यन गर्नका लागि पनि बुढीगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अघि बढाउन आवश्यक छ । निजी क्षेत्र लगानीका लागि तयार छ ।’

उनले विद्युत निर्यातबाट विद्यमान व्यापार घाटा कम गर्न सकिने औँल्याए । अर्को प्रसंगमा अध्यक्ष मल्लले नेपालको आर्थिक विकासका लागि जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नीति योजना तर्जुमा हुनुपर्नेमा जोड दिए । कृषि लगायतका स्थानीय उत्पादनको बजारीकरण एवं प्रर्वद्धनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रवाभकारी समन्वय हुनुपर्ने अध्यक्ष मल्लको भनाई छ । नेपालको जडीबुटीलाई प्रर्वद्धन एवं प्रशोधन गरी निर्यात गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष मल्लले भने, ‘नेपालमा प्रशोधित जडिबुटीको छिमेकी चीन लगायतका देशमा माग उच्च रहेको छ ।’

मुलुकको अर्थतन्त्र शिथिल हुँदै जाँदा नागरिकको क्रय क्षमता समेत कमजोर हुँदै गएको अध्यक्ष मल्लले बताए । मुल्यवृद्धि नियन्त्रण गरेर नागरिकको दैनिकीलाई सहज बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदरका कारण अझै पनि कर्जा विस्तार हुन नसकेको अध्यक्ष मल्लले बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी