काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २२औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा पौष २९ गते आइतबार वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।
सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी लघुवित्तको चुक्ता पूँजी रु २ अर्ब ८३ करोड ५४ लाख २ हजारबाट बृद्धि गरी २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार १०० पुर्याउने निर्णय समेत साधारणसभाले गरेको छ ।
संस्थाले हाल ६९ जिल्लामा १९७ वटा शाखा मार्फत कुल ४ लाख १९ हजार ८ सय १९ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ ।
२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब २ करोड ५० लाख ३ हजार १९५ रुपैंया ९३ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्