Skip to content
LAXMI SUNRISE BANK

छिमेक लघुवित्तको कामु सीईओमा दिपक निधि तिवारी नियुक्त

अर्थ सरोकार

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिपक निधि तिवारी नियुक्त भएका छन् । लघुवित्तको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि तिवारीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि कम्पनीको सीईओमा चोलराज शर्मा जोशी थिए । उनको पदावधि माघ ५ गते सकिएको छ ।

कम्पनीले कम्पनीमा नायव महाप्रवन्धक पदमा कार्यरत कर्मचारी तिवारीलाई माघ ६ गतेदेखि लागू हुने गरी कामू सीईओमा नियुक्त गरेको हो।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK