काठमाडौं । सटिजन्स क्यापिटल र युनाइटेड मेवा खोला हाइड्रोपावरबीच आइपीओ निष्काशन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा युनाइटेड मेवा खोला हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटलले युनाइटेड मेवा खोला हाइड्रोपावरको सार्वजनिक निष्काश (आइपीओ) को लागि बिक्री प्रबन्धकको कार्य गर्ने भएको छ ।
युनाइटेड मेवा खोला हाइड्रोपावरले निमार्ण गरिरहेको आयोजना ‘मेवा खोला जलविद्युत आयोजना’ ताप्लेजुङ्ग जिल्लामा अवस्थित रहेको छ र सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।