×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ महिनामा नेपालबाट ७ अर्बको चिया तथा कफी निर्यात

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

६ महिनामा नेपालबाट ७ अर्बको चिया तथा कफी निर्यात

Artha Sarokar

९ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा नेपालबाट ७ अर्ब रुपैयाँको कफी तथा चिया निर्यात भएको छ । भन्सार विभागका अनुसार यसअवधिमा नेपालबाट ७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँको चिया तथा कफी निर्यात भएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो ६ महिनामा ७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँको चिया तथा कफी निर्यात गर्दा नेपालमा ५ अर्ब ६८ करोड ११ लाख ५३ हजार रुपैयाँको चिया तथा कफी आयात गरिएको छ ।

६ महिनामा सरकारले कफि तथा चिया लगायतका वस्तुको कारोबारबाट १ अर्ब ५४ करोड ७१ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । हाल नेपालले अस्ट्रेलिया, फ्रान्स, जापान, कोरिया, नेदरल्याण्ड लगायतका देशमा चिया तथा कफी निर्यात गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी