काठमाडौँ । स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायर हुनेहरुमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरीसहित लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यामिक तह शिक्षक श्यामप्रसाद यादब, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिताकुमारी साह रहेका छन् ।
उनीहरुमाथि स्यानिटरी प्याड खरिदबिक्री कार्यमा ८ लाख ७४ हजार ३ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ ।
गाउँपालिकाको मिलेमतोमा खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानेटरी प्याट खरिद गरिएको भन्ने उजुरीका आधारमा छानविन गर्दा प्याज खरिदमा भ्रष्टाचार भएको पाइएको अख्तियारले जनाएको छ । सोही छानविनका आधारमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्